आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वासिङ्टनमा गुडिरहेको रेलको डिब्बा राजमार्गमा खस्यो, कम्तीमा ६ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, पुस ४, २०७४



  • अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १०० भन्दा बढी घाइते भएका छन् ।

    राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको हो ।

    त्यहाँका सरकारी अधिकारीले ६ जनाको ज्यान गएको बताएपनि ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

    घाइते तथा ज्यान गुमाउनेको यकिन विवरण अहिलेसम्म नआएको वासिङ्टन प्रहरीले जनाएको छ ।

    रेलका कम्तीमा चारओटा डिब्बा तल राजमार्गमा खसेकोजस्तो घटनापछिको तस्वीरबाट अनुमान लगाउन सकिने अमेरिकी सन्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउने सबैजसो रेलमा रहेका यात्री हुन् ।

    तर, तल सडकमा रहेका कसैलाई केही नभएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    रेलको डिब्बा राजमार्गमा खस्दा यातायात प्रभावित भएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij