शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सरसफाइले बाल मृत्युदरमा सकारात्मक प्रभाव

  • प्रकाशित मिति : मङ्लबार, पुस ४, २०७४



  • काठमाडौँ, पुस ४ । आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ ।

    शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घन्टादेखि एक घन्टासम्ममा रहन्छन् । सो समयमा स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्यान दिनुपर्ने कुरा, पानी उमालेर खाँदा हुने फाइदा, शिशुलाई पौष्टिक तत्वको आवश्यकता, हात धुने तरिकालगायत विषयमा जानकारी दिँदा आमा र शिशु दुवैको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको सोमबार जानकारी दिइएको छ ।

    स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखा र वाटर एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा बर्दिया, जाजरकोट, नवलपरासी र म्याग्दीमा सन्चालित सरसफाइ प्रवद्र्धनमार्फत नियमित खोप कार्यक्रमले ती जिल्लामा बाल मृत्युदर तथा पानीका कारणले हुने रोगमा उल्लेख्य कमी आएको भेटिएको छ ।

    ती जिल्लामा २१ महिनादेखि सो कार्यक्रम कार्यान्वयनमा रहेका छ । नेपालमा वर्षेनी खोप सेवा लिने बालबालिका करीब ६ लाख ३० हजार छ । यस्ता बालबालिकालाई मन्त्रालयअन्तर्गतका १६ हजार खोपकेन्द्रमार्फत खोप सेवा दिइन्छ । खोपको पहुँचदर भने ७८ प्रतिशतभन्दा माथि उक्लन सकेको छैन ।

    मन्त्रालयका प्रमुख विशेषज्ञ चिकित्सक सुशीलनाथ प्याकुरेलले आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा जाने आमालाई सरसफाइका बारेमा ज्ञान दिँदा स्वास्थ्य शिक्षामा सकारात्मक प्रभाव परेको हुँदा यस्ता कार्यक्रमलाई सबै तहमा विस्तार गर्न मन्त्रालयले ध्यान दिएको बताए ।

    अर्का विशेषज्ञ चिकित्सक विनोदमान श्रेष्ठले फुर्सदका समयमा रहेका आमालाई सरसफाइका बारेमा ज्ञान दिँदा जलजन्य रोगमा कमी तथा बालमृत्युदरमा सुधार भएको कार्यक्रम कार्यान्वयनमा रहेका जिल्लाबाट पुष्टि भएको उल्लेख गरे ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक चिकित्सक रोजेन्द्र पन्त र स्वास्थ्य महाशाखाका प्रमुख चिकित्सक विकास लामिछानेले खोपको पहुँचदरमा वृद्धि ल्याउन र खोप सेवा लिन आउने शिशुका आमालाई सरसफाइका बारेमा ज्ञान दिने कार्यलाई प्राथमिकता दिइएको जानकारी दिए ।

    ‘वाटर एड’का चिकित्सक ओमप्रसाद गौतमले सरसफाइ प्रवद्र्धनमार्फत नियमित खोप कार्यक्रमले समुदायमा बालस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार आएको हुँदा आगामी दिनमा कार्यक्रमलाई विस्तार गर्नुपर्छ भने । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij