शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

  • प्रकाशित मिति : मङ्लबार, पुस ४, २०७४



  • कञ्चनपुर, पुस ४ । साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

    अस्पताल पुर्‍याइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भएको चिकित्सकले पुष्टी गरेपछि परिवारका सबै सदस्यले एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका हुन् ।

    रेबिजको संक्रमण हुनाका कारण नखुलेपनि घरमै पालिएको कुकुरबाट रेबिजको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

    शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुखसहितको टोलीले रेबिज भएका परिवारसँगको भेटपछि जनावर र परिवारका सदस्यलाई एन्टिरेबिज भ्याक्सिन निःशुल्क लगाउने व्यवस्था गरेको छ ।

    परिवार र छिमेकी गरी दशजनालाई महाकाली अञ्चल अस्पतालमा एन्टिरेबिज भ्याक्सिन लगाउने कार्य भइरहेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

    पशु शाखा कार्यालयका पशु विकास अधिकृत तारादत्त अवस्थीले उक्त घरका परिवार, घर पालुवा जनाबर र सो क्षेत्र वरिपरि भ्याक्सिन लगाउन छुटेका घरपालुवा र भुस्याहा कुकुरलाई पनि भ्याक्सिन लगाउने कार्य भइरहेको बताउनुभयो । रेबिजको संक्रमणपछि यस क्षेत्रका बासिन्दा त्रस्त भएका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij