प्रकाशित मिति : शुक्रबार, पुस ७, २०७४
०७४÷०९÷०७-मधु पौडेल , बाँके । कानुन व्यवसायीहरुको पुरानो संगठन नेपाल बार एसोसेसनको ६१ औ जन्म दिवस नेपालगंजमा मनाइएको छ । जन्म दिनको अवसर पारेर आयोजित उक्त अवसरमा नेपालमा संघीय शासन प्रणली विषयक अन्तरक्रिया कार्यक्रम गरीएको थियो । नेपालगंज उच्च अदालत बार एशोसिएन तथा बाके जिल्ला अदालतबार एशोसिसनको आयोजनामा आयोजित कार्यक्रममा विभिन्न वरिष्ठ कानुनविद्धहरुले संघियता तथा बारको जन्म दिनको शुभकामना प्रदान गर्नु भएको थियो ।
उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश विष्णुदेव पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त अन्र्तक्रिया तथा जन्म दिन शुभकामना कार्यक्रममा नेपाल बार एशोसिएशनका उपाध्यक्ष शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी , विजय कुमार गुप्ता लगाएतको शुभकामना मन्तव्य राख्नु भएको थियो । बारको जन्म दिवस तथा अन्तक्रियाको अवसरमा सो अवसरमा विषय वस्तुको बारेमा संक्षिप्त जनाकारी सहित पुर्व अध्यक्ष नेपालगंज उच्च अदालत बार का लोक बहादुर शाहले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगंज इजालासमा सरुवा भई आउनुभएका वरिष्ठतम न्यायाधीश विष्णुदेव पौडेल, पे्रम राज कार्की ,गुण राज ढुंगेल ,खुशी प्रसाद थारु लाई स्वागत गरीएको पुर्व अध्यक्ष नेपालगंज उच्च अदालत बार तथा अभिवक्ता शाहले जनकारी दिनु भयो । नेपालगंज उच्च अदालत बार एशोसिएशनका का अध्यक्ष बल बहादुर चन्दको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण नेपालगंज उच्च अदालत बार एशोसिएनका सचिव कृष्ण प्रसाद जैसीले गर्नु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij