आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रकको ठक्करबाट १९ वर्षीय स्कुटर चालकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, पुस ८, २०७४



  • तनहुँ, पुस ८ । पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखन्डमा पर्ने तनहुँको शुक्लागन्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागन्डकी नगरपालिका–५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।

    ठक्करबाट गम्भीर घाइते भएका ठकुरीको दुलेगौँडास्थित जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा राति २ः३० बजे ठकुरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

    पोखराबाट दमौली आउँदै गरेको ना ज ख ७०३० नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ग१३प ४१६० नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक ठकुरीको मृत्यु भएको हो ।

    ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij