शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

  • प्रकाशित मिति : बुधबार, पुस १२, २०७४



  • कैलाली, पुस १२ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत् कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनियाँमा मोटरसाइकलको ठक्करबाट बुधबार एक वृद्धको मृत्यु भएको छ ।

    पश्चिमबाट पूर्वतर्फ गइरहेको लु३८प २१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ७३ वर्षीय गणेश जोशीको मृत्यु भएको हो ।

    साइकलमा सवार वृद्ध जोशीलाई बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएका जोशीलाई कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएकोमा उपचारकाक्रममा उनको ज्यान गएको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

    मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय आशिष घिमिरेलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij