आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाको ३९ राष्ट्रपतिलाई छहारी दिएको रुख ढाल्ने तयारी, यस्तो छ कारण

  • प्रकाशित मिति : बिहिबार, पुस १३, २०७४



  • वासिंटन, पुस १३ । अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस परिसरमा दुईसय वर्ष पुरानो एउटा रुख चाँडै ढालिने भएको छ ।

    ज्याक्शन मंगोलिया नाम गरेको सो रुखलाई सन् १८२९ देखि १८३७ सम्म अमेरिकाको राष्ट्रपति रहेका एन्ड्र्यु ज्याक्शनले रोपेका थिए । उनले आफ्नी पत्नीको सम्झनामा सो रुख रोपेको बताइन्छ ।

    यो रुख ह्वाइट हाउसका लागि खास मानिदैं आएको छ । यही रुखको छहारीमा कयौं कार्यक्रम आयोजना भएका छन् । सन् १९२८ देखि १९८८ सम्म २० दरको अमेरिकी डलरमा यो रुखको तस्वीर अंकित थियो ।

    रुख निकै बुढो भएको र यसका कारण सुरक्षाको जोखिमसमेत बढेको भन्दै यसलाई काट्ने निधो भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्पले यो रुखको ठूलो हिस्सालाई हटाउन निर्देशन दिएकी हुन् ।

    अमेरिकी राष्ट्रपतिको हेलिकोप्टर उडान र अवतरण गर्ने स्थान नजिकै यो रुख छ । हेलिकोप्टर उडानका क्रममा निस्कने हावाबाट पनि यो रुख ढल्न सक्ने भन्दै यसलाई हटाउन थालिएको हो । यो रुखको ठाउँमा अर्को रुख रोप्ने अधिकारीहरुको भनाइ छ ।

    यो रुखले ह्वाइट हाउस परिसरमा जरा गाडेदेखि हालसम्म अमेरिकामा ३९ राष्ट्रपतिले शासन गरिसकेका छन् । यसबीचमा अमेरिकाले गृहयुद्ध र दुई विश्वयुद्धसमेत झेलेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij