आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इजिप्टको चर्चमा आक्रमण हुँदा २ प्रहरीसहित ४ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस १४, २०७४



  • कायरो, पुस १४ । इजिप्टको राजधानी कायरोस्थित मार मिना चर्चमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुई जना प्रहरी अधिकृतसहित कम्तिमा चारजना मारिएका छन् ।

    कायरोको दक्षिणी क्षेत्र हेलवानस्थित मार मिना चर्चमा शुक्रबार अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुईजना प्रहरी अधिकृतसहित कम्तिमा चारजना मारिएका हुन् ।

    स्थानीय सन्चारमाध्यमअनुसार गृहमन्त्रालयले उक्त आक्रमणमा दुईजना प्रहरी अधिकृत र एकजना सर्वसाधारणलाई अज्ञात बन्दुकधारीले गोली हानि मारेपछि ती आक्रामणकारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएको जनाएको छ ।

    प्रहरीले आक्रमणकारीमध्ये एकजना भाग्न सफल भएकोले खोजिकार्य तीब्र पारिएको बताएका छन् ।

    गोली प्रहारपछि चर्चमा रहेका धर्मावलम्बीहरुमा भागदौड मच्चिएको थियो । घटना कस्ले गराएको हो भन्ने खुलेको छैन । घटनालगत्तै सुरक्षा ब्यवस्था कडा पारी घटनाबारे अनुसन्धान भैरहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij