प्रकाशित मिति : शुक्रबार, पुस १४, २०७४
२०७४÷०९÷१४- मधु पौडेल , बाँके । खाद्यअधिकारको विषयलाई केही दिनका तालिम र चेतना मुलक कार्यक्रममा सिमितता गर्नु भन्दा पनि प्रत्येक्ष सहयोगको पाटोमा जोड दिनु पर्ने नेपालगंजमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागिहरुले वताएका छन ।
सिमान्तकृत समुदायको खाद्य सुरक्षा र अर्थपुर्ण समावेशीका लागि सरोकारवालाको भुमिका के रहन्छ भन्ने सन्दर्भमा भएको खुला छलफलमा सहभागिहरुले अझै पनि कृषि बाट पाउनु पर्ने सेवा सुविधा ठुला किसानहरुको लागि मात्र भएको बताए । अन्तरक्रियामा सहभागि एक सहभागिले वडाका कर्मचारीले कृषिको वजेटका कुरा गर्दा आफुहरुलाई जानकारी नभएको भन्ने जवाफ पाएको बताए । 
जानकी गाउ पालिका बाकेका उपाध्यक्ष भुमीसरा धितालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला पशु सेवा केन्द्र कार्यक्रम बाकेका प्रमुख डा. वेद बहादुर केसी, क्षेत्रिय कृषि अनुसन्धन केन्द्र खजुराका वैज्ञानिक राम दास चौधरी , जिल्ला कृषि कार्यालयका धन बहादुर पुन , खजुरा गाउँपालिका सदस्य योग माया न्यौपाने लगाएतले बोल्नु भएको थियो । क्षेत्रिय खाद्य अधिकार संजालका संयोजक धर्म रोकायले कार्यक्रमको उदेश्यका वारेमा बताउनु भएको थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाकेका अध्यक्ष देउमल सुनारको अध्यक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सहजीकरण संघका कार्यक्रम संयोजक पे्रम बहादुर विक ले गरेको संघका फिल्ड अधिकृत लक्षमण विकले जनकारी गराउनु भयो ।
युरोपियन युनियन ड्यान चर्च एडको सहयोगमा भएको सो कार्यक्रमको समन्वय र सहकार्य नेपाल दलित समाज कल्याण संघ बाके तथा आयोजकको रुपमा जिल्ला खाद्य अधिकार संजाल बाँके रहेको थियो भने कार्यक्रममा पत्रकार ,बाकेमा रहेको विभिन्न कृषक समुह, जनप्रतिनिधि लगाएको उपस्थित रहेको संयोजक विकले जानकारी गराउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij