शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ट्यूसन पढेर फर्किदै गरेका बालकको ट्रकको ठक्करबाट मृत्यु

  • प्रकाशित मिति : शनिबार, पुस १५, २०७४



  • सर्लाही, पुस १५ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लखन्देही पुलमा गएसाँझ ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

    पुलको पूर्वी सीमाना नवलपुर तर्फ ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४ सासापुरका धु्रवराज न्यौपानेका १३ वर्षीय छोरा आयुष न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

    नवलपुरमा टिउसन पढेर साइकलमा घर फर्किदै गर्दा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ४३९ नम्वरको ट्रकले ठक्कर दिँदा बालक गम्भीर घाईते भएका थिए ।

    उनलाई तत्कालै नमूना अस्पताल हरिवनमा सामान्य उपचारगरि थप उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटैमा ज्यान गएको हो ।

    दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हुस्सु लाग्न थालेसँगै लखन्देही पुलमा केही साता अघिदेखि पटक–पटक सवारी दुर्घटना भैरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij