आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो, दुई जना मारिए, ५० भन्दा बढी पक्राउ

  • प्रकाशित मिति : आइतवार, पुस १६, २०७४



  • काठमाडौं, पुस १६ । इरानमा मूल्यबृद्धिबिरुद्ध गरिएको प्रदर्शनका क्रममा दुई प्रदर्शनकारी मारिएका छन् ।

    इरानको राजधानी तेहरानसहित देशका बिभिन्न भागमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरु मारिएका हुन् ।

    प्रदर्शनकै क्रममा ५० भन्दा बढी पक्राउ परेका छन् । प्रदर्शनमा उत्रेका दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

    राष्ट्रपतिले भने तीन दिनयता जारी प्रदर्शनमा सामेल नहुन चेतावनी दिएका छन् ।

    प्रदर्शनकारीले भने अबैधानिक आर्थिक संस्थाका कारण मूल्यबृद्धी आकाशिएको भन्दै राष्ट्रपतिले राजीनामा नदिएसम्म विरोध कायम रहने जनाएका छन् ।

    इरानी अधिकारीहरुले भने प्रदर्शनकारीविरुद्ध कठोर रुपमा प्रस्तुत हुने जनाएका छन् ।

    यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान सरकारलाई जनताको सम्बोधनको माग गर्न सुझाव दिनुभएको छ ।

    ट्रम्पले इरानमा प्रदर्शन चर्केकामा अमेरिकाको ध्यानाकर्षण भएको भन्दै जनताको अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको हो ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij