आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाले पाकिस्तानलाई अर्बौ डलर सहयोग गरिरहे पनि धोका दियो: ट्रम्प

  • प्रकाशित मिति : मङ्लबार, पुस १८, २०७४



  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले धोका दिएको आरोप लगाएका छन् ।

    राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई अर्बौं डलरको सहायता गरेको तर उसले अमेरिकालाई धोका दिएको आरोप लगाएका हुन् ।

    उनले ट्वीट गर्दै पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय भएको बताएका छन् ।

    ट्वीटमा उनले पछिल्ला १५ वर्षमा अमेरिकाले ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर पाकिस्तानले त्यसको बदलामा धोका, झुठ र छल बाहेक केही नदिएको उल्लेख गरेका छन् ।

    राष्ट्रपति ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंकवादीलाई आश्रय दिएको आरोप पनि लगाएका छन् ।

    यसैबीच पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले भने अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटको जवाफ चाँडै दिने बताएका छन् ।

    उनले ट्वीट गर्दै आफूहरुले विश्वलाई साँचो कुरा बताइदिने तथा तथ्य र कल्पनाबीचको फरक पनि बाहिर ल्याउने उल्लेख गरेका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij