शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रानीपोखरी पुनःनिर्माणबारे सर्वसाधारणसँग सुझाव आह्वान

  • प्रकाशित मिति : मङ्लबार, पुस १८, २०७४



  • काठमाडौं, पुस १८ । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग आजदेखि सुझाव मागेको छ ।

    कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ ।सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् ।

    सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आफूलाई लागेको कुरा सुझावका रुपमा दिन सक्नेछन् । देशविदेशका धेरै ठाउँको जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको थियो । विवाद समाधान गर्न बिहीबार पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गरिएको छ ।

    विज्ञ समूहको सोमबार बसेको पहिलो बैठकले सर्वसाधारणसँग पनि सुझाव लिने निर्णय गरेको थियो । सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिने छ । रानीपोखरी पुनःनिर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय पनि भइसकेको छ ।

    विसं २०७२ को भूकम्पले तीन वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त पोखरी पुनःनिर्माणमा कङ्क्रिट प्रयोग गरिएको जनाउँदै सम्पदाविद् र सर्वसाधारणले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij