आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तारानाथ शर्मालाई पृथ्वी प्रज्ञा पुरस्कार

  • प्रकाशित मिति : बुधबार, पुस १९, २०७४



  • काठमाडौं, पुस १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई मंगलबार आयोजित समारोहमा पुरस्कृत गरेकी छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’लाई पुरस्कार प्रदान गरिएको हो ।

    प्रथम हुनेलाई रु ३० हजार, द्वितीयका लागि रु २५ र तृतीयका लागि रु २० हजारसहित पदक दिइएको छ । गत असार ९ गते प्रतिष्ठानको ६०औं वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा ती कवि पुरस्कृत घोषित भएका थिए ।

    समारोहमा प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा.डा.तारानाथ शर्मालाई प्रदान गरियो । सो पुरस्कार प्रत्येक चार वर्षमा एकपटक दिइन्छ ।

    यस्तै, प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने रु एक एक लाखको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ प्रा.डा.वीणा पौडेल र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा.रामावतार यादवलाई प्रदान गरियो । हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ सालका लागि विमल निभा तथा २०७४ सालका लागि धु्रव सापकोटालाई दिइयो ।

    त्यस्तै, रु एक लाख राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’ अब्दुल लतिफ शौक (उर्दू भाषा) र २०७४ सालको सोमबहादुर धिमाल (धिमाल भाषा) लाई दिइयो । पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार–२०७३’ का लागि पदम राई र २०७४ सालका लागि धनबहादुर माझीलाई प्रदान गरियो ।

    कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक क्षेत्रको यथोचित रुपान्तरण र प्रवद्र्धनमा स्रष्टाहरुले भूमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजानका लागि प्रतिष्ठानलाई थप अग्रसरता देखाउन आग्रह गरिन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले असल भाव र सन्देशका कविताले युगलाई सकारात्मक प्रभाव पार्ने बताए ।

    प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले छिमेकीलगायत दक्षिण एशियाका विभिन्न प्राज्ञिक निकायसँग सहकार्य बढाउन पहल गरिएको अवगत गराए । सम्मानितमध्येका डा.शर्माले पृथ्वीनारायण शाहको वीरताका कारण नेपाल एकीकरण सफल भएको बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij