प्रकाशित मिति : बुधबार, पुस १९, २०७४
पार्टी कार्यालय पेरिसडाँडामा पार्टीनिकट जनवर्गीय संगठनले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रमपछि सन्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने–‘परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्गप्रशस्त गर्दा उचित हुन्थ्यो ।’
अध्यक्ष दाहालले कानुनी व्यवस्थाका कारण केही ढिलाइ भएतापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पस्ट पारे ।
पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले पार्टी एकता संयोजन समितिको बैठक चाँडै बस्ने जानकारी दिए ।
अध्यक्ष दाहालले भने–‘कुनै समस्या परेर बैठक नभएको होइन ।’
नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेको विषयमा उनले भने–‘मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।’
अध्यक्ष दाहालले वाम गठबन्धन बनाएर निर्वाचनमा गएको बताउँदै ‘पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गयौं, जनताको अनुमोदन त्यसैको निम्ति भएकाले मैले अहिले गठबन्धनभन्दा बाहिर जाने सोचेको छैन’–भने ।
पार्टी एकीकरण र शक्ति सन्तुलनका विषयमा उनले भने–‘पार्टी संयोजन समितिमा दुईजना नेता रहने भनिएको छ । तर, दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, त्यही विषयलाई औपचारिक रुप दिनमात्र बाँकी छ ।’ रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij