प्रकाशित मिति : बुधबार, पुस १९, २०७४
सानो गौचरनस्थित १४ तले अपार्टमेन्टको दोस्रो तलामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार राति ८ बजे केएल रेसिडेन्सि नाम गरेको उक्त अपार्टमेन्टमा आगलागी हुँदा भारतीय नागरिक वीरबल माझीको मृत्यु भएको कमलपोखरी प्रहरी वृत्तका डिएसपी कुलदीप चन्दले बताए।
‘हामीले उद्दार गर्ने बेलासम्म उहाँ जिवित हुनुहुन्थेन तर हामीले टिचिङ अस्पताल पठाएका छौँ,’ उनले भने।
अहिले काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै दमकल पुगेर आगो नियन्त्रण गरेको उनले बताए। आगलागीको कारण थाहा हुन सकेको छैन।
भारतको उडिया राज्यका माझी रंग लगाउने काम गर्थे। आगलागी भएको तलामा माझी सहित अन्य केहि कामदार पनि बस्थे। तेस्रो तल्ला र त्यसमाथि ५० परिवार बस्दै आएका थिए। समयमै आगो नियन्त्रणमा आएकाले अरु धेरै क्षति हुन नपाएको पनि चन्दको भनाई छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij