आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, ४ गम्भीर घाइते

  • प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४



  • रुकुम, पुस २० । रुकुम पश्चिममा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

    सानीभेरी गाउँपालिका– ९ सिम्लीमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग गरिएको म१त १३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा निर्माणमा संलग्न मजदुर आठबिसकोट नगरपालिका–११ का १७ वर्षीय प्रेम विकको मृत्यु भएको हो ।

    दुर्घटनामा सोही ठाउँका २० वर्षीय डिलबहादुर सिर्पाली, २४ वर्षीय इन्द्रबहादुर विक, आठसिकोट नगरपालिका–९ का १८ वर्षीय गणेश पुन र ट्याक्टर चालक बर्दियाका रामसागर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    चौधरी, पुन र विकको अवस्था गम्भीर रहेको छ । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सानीभेरी नदीबाट बालुवा ल्याउँदै गर्दा सो ट्याक्टर दुर्घटनामा परेको हो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij