शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आरआरएनले बाड्यो जाडोमा न्यानो कपडा

  • प्रकाशित मिति : बिहिबार, पुस २०, २०७४



  • चिसोले कठ्याँग्रीएका झापा र बाँकेका स्थानीयलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था आरआरएनले न्यानो कपडा प्रदान गरेको छ। झापाको कमल गाउँपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का पीडित परिवारलाई सो संस्थाले बिहीबार जाडोको न्यानो कपडा वितरण गरेको हो।

    झापाको कमल गाउँपालिकाका सात वटै वडाका २ सय ५५ घरका मुलिलाई प्रतिपरिवार २ थान कम्वल र १ थान मजेत्रो वितरण गरेको हो। यस्तै वाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का २५५ परिवारलाई पनि सामाग्री वितरण गरेको थियो ।

    विदेशी गैह्रसरकारी संस्था मुस्लिम एड नामक संस्थाले राहत सामाग्रि उपलव्ध गराएको आरआरएन नेपालका पूर्वाञ्चल संयोजक दुर्योधन अधिकारीले वताए। झापा र बाँकेका ४१० घरलाई १३ लाख ६० हजार मूल्य वराबरको जाडोमा न्यानो कम्वल र मजेत्रो वितरण गरिएको थियो।

    कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गएको असार २८ मा आएको बाढीले घरका लत्ता कपडा बगाएर विजोग भएका परिवारलाई सो सामाग्री हस्तान्तरण गरिएको बताईन्। उनले, अति विपन्न परिवारलाई पनि कमल गाउँपालिकाले जाडोमा न्यानो कपडा वितरण गरिएको बताईन्।

    नेपाल ग्रामिण पुनर्निर्माण संस्था आरआरएनले सहजीकरण गरेको राहत सामाग्री अति विपन्न वर्गका सतार, मुसहर, झाँगड लगायतका परिवारलाई वितरण गरिएको थियो।

    राहत थापेर दंग भएका कमल गाउँपालिकाका विश्वराज विकले बिहान बेलुका काम गरेको पैसाले साग सव्जी र चामल किनेर परिवारको गुजरा चलाउने गरेको बताए पनि साँझ परेपछिको चिसो छल्ने न्यानो कपडा नभएर बालबच्चाको विजोग भएको वताए। उनले, अब चिसोको सहारा आरआरएनको न्यानो कपडा भएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij