शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ट्रिपरको ठक्करबाट बनेपामा एक युवतीको मृत्यु

  • प्रकाशित मिति : शनिबार, पुस २२, २०७४



  • एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ ।

    काठमाडोैंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नं को स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए।

    दुर्घटनामा गम्भीर घाइते भएकी ठगुन्नाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो। सो दुर्घटनापछि अवरुद्ध भएको अरनिको राजमार्ग खुलाउन प्रहरीले ६ सेल अश्रृग्यास प्रहार गर्दा केहीबेर तनाव भएको थियो। तर अहिले स्थिति नियन्त्रणमा आइसकेको र राजमार्ग सञ्चालन भइसकेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij