आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोनाल्ड ट्रम्पले गरे आफ्नै प्रशंसा ‘म स्थिर प्रकृतिको प्रतिभाशाली व्यक्ति’

  • प्रकाशित मिति : आइतवार, पुस २३, २०७४



  • काठमाडौं, पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मानसिक स्थिरता आफ्नो सबैभन्दा ठूलो सम्पत्तिमध्येमा पर्ने बताएका छन् ।

    ट्रम्पलाई असक्षम राष्ट्रपतिको संज्ञा दिँदै माइकल उल्फले पुस्तक प्रकाशित गरेपछि आक्रोसित बनेका ट्रम्पले ट्वीट गर्दै आफ्नो मानसिक स्थिरता र चनाखोपन नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताएका हुन् ।

    उनले उल्फको पुस्तकलाई कथाको संज्ञा दिएका छन् । उनले आफू एक ‘स्थिर प्रकृतिको प्रतिभाशाली व्यक्ति’ भएको बताए ।

    उनले रुससँग जोडिएका अनुसन्धान पूर्णरुपमा असत्य साबित भएपछि विपक्षी डेमोक्र्याटले आफ्नो मानसिक अवस्थाबारे प्रश्न चिन्ह लगाएको आरोप लगाए ।

    ‘फायर र फ्युरी’ पुस्तकका लेखक माइकल उल्फले आफ्नो पुस्तकले राष्ट्रपतिलाई पदत्याग गर्न बाध्य तुल्याउने बताएका थिए ।

    पुस्तकमा ट्रम्पको मानसिक अवस्थाप्रति नै प्रश्न चिन्ह लगाउँदै उनी पूर्णतः विफल भएको उल्लेख छ ।

    पुस्तकमा ट्रम्पको चुनावी टोली उनको जितबाट आश्चर्यचकित भएको, ह्वाइट हाउसका कमर्चारीले ट्रम्पको मानसिक स्वास्थ्य बिंग्रदै गएको भनेको जस्ता प्रसंग समेटिएका छन् ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij