शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मृतकलाई शहीद घोषणा गर्ने लगायत ६ बुँदे सहमतिपछि रुपन्देही बन्द फिर्ता

  • प्रकाशित मिति : आइतवार, पुस २३, २०७४



  • रुपन्देही, पुस २३ । ब्यवसायी बसन्त पौडेलसँगै दुर्गा तिवारीलाई शहीद घोषणा गर्न सिफारिस गर्नेलगायत ६ बुँदे सहमतिपछि एमाले निकट युवा संघले तीन दिनदेखि गर्दै आएको रुपन्देही बन्द फिर्ता लिएको छ ।


    पौडेल हत्याको विरोधमा अनेरास्ववियु र युवा संघले गत शनिबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका थिए । प्रशासनसँग आइतबार भएको वार्तामा प्रशासनले हत्यामा संलग्नहरुलाई छिट्टै पक्राउ गर्ने, मृतक पौडेल र गत बर्ष पुसमा हत्या गरिएका दुर्गा तिवारीलाई शहीद घोषणा गर्न सिफारिस गर्ने, शान्ति सुरक्षा चुस्त बनाउने सहमति गरेको छ ।

    सहमति कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दुबै आन्दोलनकारीले दिएका छन् । फर्निचर व्यवसायीसमेत रहेका युवा संघका कार्यकर्ता पौडेलको गत शुक्रबार रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।

    मनोज पुन भन्ने ब्यक्तिले हत्याको जिम्मा लिएको छ भने प्रहरीले उसको संलग्नताबारे केही बताएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij