आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उदयपुरमा प्रदेशस्तरीय घरेलु औद्योगिक महोत्सव सुरु

  • प्रकाशित मिति : बिहिबार, पुस २७, २०७४



  • उदयपुर, पुस २६ । उदयपुरमा १ नम्बर प्रदेशस्तरीय घरेलु औद्योगिक महोत्सव सुरु भएको छ ।

    प्रदेशस्तरीय प्रथम उदयपुर घरेलु औद्योगिक महोत्सव बुधबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको हो ।

    ‘आफ्नो मिहिनेत, श्रम र पुँजी, समृद्ध नेपाल, हाम्रो धन, हाम्रो प्रकृति, स्रोत र साधन, औधोगिक विकास हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ महोत्सव आयोजना गरिएको हो ।

    साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा महोत्सव गरिएको हो ।

    यही पुस २९ गतेसम्म चल्ने महोत्सवमा स्थानीय घरेलु उत्पादित वस्तु, ढाकाका उत्पादन, राडी, हस्तकला, जडिबुटी, कृषिऔजारलगायत साना उद्यमीका उत्पादन प्रदर्शनीमा राखिएको छ ।

    महोत्सवको मुख्य आकर्षणकारुपमा थारु परिकार घुँगी, मनोरन्जन सामग्री र स्थानीय कला संस्कृति रहेका छन् ।

    ९ दिनसम्म लाग्ने महोत्सवमा लघु तथा घरेलु उद्योगसँग सम्बन्धित सामग्रीहरुका १५० ओटा स्टल रहेका छन् ।

    जिल्लामा उत्पादित वस्तुको बजारीकरण नभएको अवस्थामा यो महोत्सवले बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij