आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ममता बनर्जीसँग लन्डन गएका भारतीय पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…

  • प्रकाशित मिति : बिहिबार, पुस २७, २०७४



  • नयाँ दिल्ली, पुस २७ । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन पुगेका पत्रकारहरु होटलको टेबुलबाट काँटाचम्चा चोर्दै गरेको अवस्थामा रंगेहात फेला परेका छन् ।

    आफ्नो राज्यमा लगानी जुटाउने उद्देश्यले युरोप भ्रमणमा गएकी मुख्यमन्त्री ममताले केही पत्रकारलाई पनि साथमा लगेकी थिइन् । ममतालाई लन्डनमा विशेष रात्रिभोजका लागि एक होटलमा बोलाइएको थियो । रात्रिभोजमा उच्च पदस्थ कर्मचारी, उद्योगपतिहरु र भारत तथा बेलायतका केही प्रख्यात हस्तीसमेत थिए ।

    रात्रिभोजका दृष्य उच्चस्तरका सिसिटिभी क्यामेराले कैद गरिरहेको थियो । तर केही भारतीय पत्रकारले धमाधम टेबलबाट चाँदीका चम्चाकाँटा आफ्नो ब्यागमा हालिरहेका थिए ।

    होटल प्रशासनले सिसिटिभी क्यामेराबाट सो दृष्य हेरिरहेको भए पनि तत्काल कुनै प्रतिक्रिया जनाएको थिएन । तर रात्रिभोज सकिनै लाग्दा भने होटलका केही कर्मचारी आएर ती पत्रकारलाई उनीहरुको कर्तुत आफूहरुलाई जानकारी भएको बताएका थिए । केही पत्रकारले काँटाचम्चा फिर्ता गरे पनि एकजनाले भने आफूले नचोरेको दावी गर्दै आएका थिए ।

    होटलका कर्मचारीले ती पत्रकारलाई प्रहरीमार्फत आवश्यक कारवाही हुने धम्की दिएपछि भने उनले गल्ती स्वीकार गरेको बताइएको छ । उनलाई ५० डलर जरिवानासमेत तिराइएको थियो ।

    घटनाबारे जानकारी पाएपछि मुख्यमन्त्री ममता ती पत्रकारप्रति रुष्ट भएको बताइएको छ । भारतीय संचारमाध्यमले उक्त घटनाबारे समाचार प्रकाशमा ल्याए पनि होटलको काँटाचम्चा चोरीमा संलग्न पत्रकारको पहिचान खुलाएका छैनन् । यद्यपि ती पत्रकार पश्चिम बंगालमा अग्रज मानिने र ममता बनर्जीसँग वर्षौंदेखि निकट रहँदै आएका बताइएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij