शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पाँचथरमा यो वर्ष १२ ओटा झोलुंगेपुल निर्माण हुने

  • प्रकाशित मिति : बिहिबार, पुस २७, २०७४



  • पाँचथर, पुस २७ । चालू आर्थिक वर्ष ०७४/७५ मा पाँचथरमा १२ ओटा झोलुंगेपुल निर्माण हुने भएका छन् ।

    क्षेत्रगत कार्यक्रमअन्तर्गतको साझेदारी संस्था सिरिजंगा ग्रामीण विकास केन्द्रमार्फत् पुल निर्माण गर्न लागिएको हो ।

    पाँचथरको साविक नांगिन गाविसको सिम्भुवा खोला, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोला र याङवरकको फलँचा–च्याङथापु जोडिने जौबारी झोलुंगेपुल निर्माण भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

    कार्यालयका इन्जिनियर प्रेम काफ्लेकाअनुसार हाङगुम–दुर्दिम्बा जोडिने नावाखोलामा मेचिटारे पुल, नांगिन–लुङरुपा जोडिने सिम्भुवाखोलामा साठीमुढे पुल, मेमेङ–प्राङबुङ जोडिने हेंवाखोलामा खोलाटार पुल, सराङडाँडाको साँवासिरखोला पुल पनि यसै वर्ष बनाइनेछ ।

    त्यसैगरी, लुङरुपाको फेमेखोला पुल, आङसराङको निबुवाखोलामा चुवाडे पुल, सिदिनको रिग्युवाखोलामा चन्डे पुल, कुरुम्बाको कुरुम्बाखोलामा कुरुम्बा पुल, फाक्तेपको चङुजिवाखोला पुल पनि यसै वर्ष निर्माण हुनेछन् ।

    यी सबै पुल निर्माणको कुल लागत ४ करोड ११ लाख ९३६ रुपैयाँ रहेको छ । कुल लागतको तीन/तीन प्रतिशत गाउँपालिका र जिल्ला समन्वय समिति तथा दुई प्रतिशत उपभोक्ता समितिले व्यहोर्नेछन् ।

    त्यसैगरी, बाँकी ९२ प्रतिशत क्षेत्रगत कार्यक्रमको लगानी रहने साझेदारी संस्था सिरिजंगा ग्रामीण विकास केन्द्रअन्तर्गत् झोलुंगेपुल निर्माणका कार्यक्रम संयोजक दीपक बोहराले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij