मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क औषधिको अभाव हुँदा सेवाग्राही मारमा

  • प्रकाशित मिति : शुक्रबार, पुस २८, २०७४



  • लमजुङ, पुस २८ । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधिको अभाव भएको छ ।

    नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् ।

    सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये अधिकांश औषधि सकिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए ।

    अस्पतालमा धेरै प्रयोग हुने औषधि सकिएको र कम प्रयोग हुने केही औषधिमात्र बाँकी रहेको देवकोटाको भनाइ छ ।

    औषधि नपाएपछि अस्पतालमा आएका बिरामी स्वास्थ्य परीक्षण गरेर अन्यत्रै औषधि किन्न बाध्य छन् ।

    औषधि किन्न सरकारले वार्षिक बजेट दिने गरेकामा यस वर्ष नआएकाले किन्न नसकिएको अस्पतालको भनाई छ ।

    मानव विकास तथा सामुदायिक सेवा संस्थाको व्यवस्थापनमा सञ्चालन भएको सामुदायिक अस्पतालमा निःशुल्क औषधिका लागि नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत अनुदान दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij