प्रकाशित मिति : शनिबार, पुस २९, २०७४
स्वयम्भुस्थित स्वयम्भूनाथको भजनघरमा शनिबार साँझ आगलागी भएको छ।
काठमाडौं प्रहरीका एसपी रामदत्त जोशीका अनुसार स्वयम्भूनाथ परिसरमा रहेको भजनघरमा राति ८ बजेतिर आगो लागेको हो।
प्रहरीका अनुसार माथि दमकल लैजान नसकिने भएकाले आगो नियन्त्रण अझै हुन सकेको छ। यद्यपी पाइप जोडेर भए पनि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो के कारणले लागेको थियो भन्ने खुल्न सकेको छैन।
आगलागीबाट धनमालको ठूलो क्षति भए पनि कुनै मानवीय क्षति भने भएको छैन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij