प्रकाशित मिति : आइतवार, पुस ३०, २०७४
साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा साउदी अरेबियामा बस्न दिइएको छ।जे द्धाह सहरकाे रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरू अाफ्ना परिवारसहित आएका थिए।
उनीहरूलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो। स्थानीय क्लबबीचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र छिराएका थिए।
साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो। तर युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ।
यो महिना समग्रमा तीन खेलमा महिलालाई रंगशालमा गएर हेर्ने दिइने बताइएकाे छ।
यस्तै युवराज मोहम्मद बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको छ। यसै जुन महिनादेखि महिलाले गाडी चलाउन थाल्ने छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij