शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

१० जिल्लाका विद्यार्थीलाई पोषणयुक्त चामल

  • प्रकाशित मिति : सोमवार, माघ १, २०७४



  • काठमाडौं, माघ १ । शिक्षा मन्त्रालयले माघ पहिलो सातादेखि विद्यार्थीलाई पिठोको सट्टा पोषणयुक्त चामल खुवाउने भएको छ ।

    दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको शिक्षाका लागि खाद्य कार्यक्रमले नयाँ स्वरुपमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ मन्त्रालय अन्तर्गत शिक्षाका लागिथ खाद्य परियोजना संचालनमा छ ।

    परियोजनाका कार्यकारी निर्देशक विष्णुप्रसाद भण्डारीका अनुसार डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, दैलेख, जाजरकोट र रुकुममा यो कार्यक्रम सञ्चालनमा छ । ती जिल्लाका बालबालिकाले विद्यालयमा दैनिक खाजा खान पाउने व्यवस्था गरिएको छ ।

    विद्यार्थीले खाजाका रुपमा हरेक दिन ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम वनस्पति तेल तथा दुई ग्राम आयोडिनयुक्त नुन पाउने छन् ।

    शिक्षा विभागले १८ जिल्लामा दिवा खाजा कार्यक्रम सुचारु राखेको छ । वार्षिक पठन पाठन हुने एक सय ८० दिनका निम्ति उक्त कार्यक्रम लागू छ । विद्यार्थीले खाजाको सट्टा एकमुष्ट नगद नै पाउने व्यवस्था गरिएको छ । हिमाली जिल्लाका बालबालिकाले दैनिक २० रुपैयाँ र अन्य जिल्लाका बालबालिकाले दैनिक १५ रुपैयाँका दरले पाउने विभागका कार्यक्रम तथा बजेट शाखाका अधिकृत अर्जुन ढकालले बताए । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij