आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं-तराई द्रुतमार्गको डीपीआर सेनाले आफैं बनाउने

  • प्रकाशित मिति : मङ्लबार, माघ २, २०७४



  • काठमाडौं-निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ।

    भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नगरी आफैं बनाउने निर्णय गरेको नेपाली सेनाले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो।

    ‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ’ पत्रकार सम्मेलनमा आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले भने।

    लामो विवादपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले वैशाख २१ गते द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो।

    यो सँगै नेपाली सेनाले काठमाडौंलाई तराईसँग जोड्ने दूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा गति दिएको छ । अहिलेसम्म फिल्टमा ३३१ सैनिक परिचालन गरेको छ भने जंगल फडानी गर्न २०६ जना सैनिक खटाएको सेनाले जनाएको छ। फास्ट ट्रयाकमा पर्ने पाइलट ट्रयाकको पहिरो पन्छाउने काम सकेको मंगलबारको पत्रकार सम्मेलनमा जानकारी गराइयो।  यस्तै बाटो निर्माणका लागि नेपाली सेनाद्वारा खरिद गरिएका हेभी इक्युप्मेन्ट, सवारी साधन र अन्य उपकरणहरु फिल्डमा पुर्‍याइएको उसले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij