शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

उदयपुरका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सेवाग्राहीलाई सास्ती

  • प्रकाशित मिति : बुधबार, माघ ३, २०७४



  • उदयपुर, माघ ३ । जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा उदयपुरका बासिन्दालाई समस्या परेको छ ।

    सरकारले सबै स्थानीय तहमा बैंकिङ सुविधा पु¥याउने घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन नहुँदा स्थानीय तहका कामकारबाहीसमेत प्रभावित भएका छन् ।

    उदयपुरको सदरमुकाम त्रियुगा, चौदण्डगढी र कटारी नगरपालिकामा मात्र बैंकिङ शाखा सञ्चालनमा छन् ।

    ८ वटा स्थानीय तह रहेको उदयपुरका अन्य स्थानीय तहमा कुनै पनि बैंकले शाखा सञ्चालन गर्न सकेका छैनन् ।

    दुर्गम मानिएका स्थानीय तहले आफ्नो बैंकिङ कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

    त्यसैगरी स्थानीयबासिन्दाले पनि कुनै पनि बैंकिङ कारोबारका लागि सदरमुकाम नै पुग्नुपर्ने अवस्था छ ।

    यसले गर्दा स्थानीय तह सञ्चालनमा समेत समस्या आएको बताइएको छ । स्थानीयबासिन्दाले तत्काल सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउन माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij