‘वारेन्टी सकिसकेको छ, त्यसमाथि यत्रो भारी सामान कसरी बोकेर लैजानु?’
‘मेसिनरी चिज हो बिग्रिहाल्छ नि!’ ढाड्स दिनेले प्रतिक्रिया दिन्छ उपाय दिँदैन्। यदि मर्मत केन्द्र थाहा भएको खण्डमा पनि त्यहाँ सम्म त्यस्ता सामाग्री पुर्याउन सक्नु सजिलो भने छ्रन्।
सार्वजनिक साधनमा लग्दा बसवालाको सहनुपर्ने खप्की वा ट्याक्सीमा लैजाँदा तिर्नुपर्ने चर्को मूल्य। त्यसमाथि गन्तव्य सम्म पुग्दा छिचोल्नुपर्ने घण्टौँको ट्राफिक जाम। सम्झिँदै विरक्ता लाग्ने यस्तो स्थितिमा टिभी, फ्रिज वा त्यस्तै प्रकारको सामानमर्मत केन्द्रसम्म पुर्याउनु र पुन घरसम्म ल्याइ पुर्याउनु कम सकसपूर्ण छ्रैन्।
यस्तै समस्यामा सेवा र व्यापारको सम्भावनाको देखेर तीन जना युवाले नयाँ व्यवसाय सुरु गरेका छन्, ‘सजिलो मर्मत सेवा।’ एमबीए अध्ययनरत रहँदाआवश्यक अनुसन्धानका लागि फिल्डमा जानेक्रममा मर्मत तथा जडानको पाटोमा उपभोक्तामा अन्यौलता पाएपछि काठमाडौंका सुजित रेग्मी, कविश श्रेष्ठ र पुकार आचार्यले यसमा ठूलो व्यवसायको सम्भाब्यता देखेर यो सेवाको सुरुवात गरेका हुन्।
‘अध्ययनका क्रममा विभिन्न ठाउँहरु जानुपथ्र्यो, जहाँ गए पनि त्यस्ता समाग्रीको मर्मत तथा जडानमा धेरै मानिसमा अन्योलता रहेको हामीले पायौँ, पछि फुर्सदको समस्यामा व्यवसायिक अध्ययन गर्दा त यसमा अरबौंको व्यापार देख्यौं र सजिलो मर्मत सेवा सुरु गर्यौं’ सञ्चालक मध्येका एक पुकार आचार्यले भने।
गत असारदेखि संचालनमा आएको सजिलो मर्मत सेवाले घरमै गएर विद्युतिय सामाग्रीको मर्मत बाहेक प्रमूख रुपमा अन्य विभिन्न सात प्रकारका सेवा दिइरहेको आचार्यले बताए।
‘नेपालमा रोजगार छैन् भनेर प्राविधिकहरु विदेशजाने तर उपभोक्ताहरु उपयुक्त सेवाबाट वञ्चित भइरहनु परेको विरोधाभासपूर्ण स्थिति देखेपछि सजिलो मर्मत सेवाको आवश्यक्ताबोध भएको बताउँछन् अर्का सञ्चालक कविश श्रेष्ठ।
केके सेवा दिन्छ सजिलोले?
सजिलोले ७ प्रकारका सेवाहरु दिने गरेको छ।
इलेक्ट्रिल मर्मत सेवाःसबै प्रकारका विद्युतिय सामाग्रीको मर्मत, जडान तथा वायरिङ सेवा
पेन्टिङःइन्टेरियर, एक्स्टेरियर, व्यवसायिक वा घरेलु क्षेत्रमा नयाँ वा पुरानो पेन्टिङ सेवा
कार्पेन्ट्रीः सबै प्रकारका जडान तथा मर्मतसँग जोडिएका कार्पेन्ट्री सेवा
प्लम्बिङः बाथरुम, भान्छा, पानीट्यांकी, प्लम्बीङ प्रणालीको जडानसँग सम्बन्धितसेवा
घरायसी सामग्रीःटीभी, फ्रीज, एसी,जेनेरेटर, सिसीटीभी, इन्टरकमसँग सम्बन्धित मर्मत तथा जडान सेवा
कम्प्यूटर मर्मत सेवा
कम्प्युटर नेटवर्किङ सेवा
कसरी काम गर्छ सजिलोले?
सञ्चालक सजित रेग्मीका अनुसार सजिलो मर्मतका आफ्नै प्राविधिक भने छैनन्।
सेवाले काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न विषयका प्राविधिकहरुलाई एउटा समूह बनाउँछ रत्यसमा क्षेत्रगत रुपमा सुपरभाइजर राखेको हुन्छ।
जस्तो कीर्तिपुरको कुनै उपभोक्ताले सजिलो सेवालिन चाहेमा त्यहाँबाट सबै भन्दा नजिक रहेको प्राविधिकले उक्त ठाउँमा गएर सेवा दिन्छ। यसबाट खर्च र समयको बचत हुने रेग्मीको तर्क छ। यसलाई उबरको जस्तै सेयरिङ मोडलको नाम उनीहरुले दिएका छन्।
कसरी लिने सजिलो सेवा?
कुनै पनि उपभोक्ताले चासो देखाएमा प्राविधिकहरुले(सुपरभाइजर) त्यसको अध्ययन गर्छन्। सुपभरभाइजरले अध्ययनपछि नजिकैका ेप्राविधिकलाई समस्या र सेवा दिनुपर्ने क्षेत्र बताउँछ।
त्यसै अनुसार आवश्यक सामाग्री सहितप्राविधिक सम्बन्धित क्षेत्रमा गएर सेवा दिन्छ। यस बापत उपभोक्ताले प्राविधिकलाई नै शूल्क दिन्छन्।
उपभोक्ताले फोन, वेवसाइट वा फेसबुक गरी तीनवटा माध्यम सम्पर्क गर्न बाट सजिलो सेवालाई सम्पर्क गर्न सक्छन्। यसबाहेक सझिलोले कम्पनीलाई सेमत सो सेवादिइरहेको छ।
‘कम्पनीहरुले सेवालिन चाहेमा हामीसँग सम्पर्क गर्न सक्छन्। हामी सबै सर्भे गरेर रेट पठाउँछौं। वर्षभर यतिखर्च लाग्छ भनेर पठाउँछौं। आवश्यकताअनुसार शुल्कनिर्धारण हुन्छ’ रेग्मीले भने।
सुरु गरेको ५ महिनामा सजिलोले राम्रो प्रतिक्रिया पाएको र यसबाट आफूहरुलाई हौसला मिलेको रेग्मीले बताए। ‘पाँचमहिना अगाडि हामीले तीनवटा सेवाबाट सजिलो सुरु गरेका थियौं अहिले बढाएर सात पु¥याएका छौं’ रेग्मीले सेतोपाटीसँग भने,‘यो बीचमा पाँचसय जति घरमा हामीले सेवा दिइसकेका छाैँ।’
पहिले दिनमा एउटा आउने गरेको भएपनि गएको महिनादेखि प्रतिदिन ५-७ वटा अर्डर आउन थालेको र विस्तारै सबैतिर यसको आकर्षण बढ्न थालेको रेग्मीको दाबी रहेको छ।
त्यस्तै संस्थागततर्फ ठुला कम्पनीसँग वार्षिक सेवा सम्झौता गरिरहेको उनीहरुको भनाइ छ। हालयुनिलिभर, कुसुम र रेडमर्डसँग सम्झौताभएको रेग्मीलेजानकारी दिए।
कस्तो छ सेवा शूल्क?
घरमै गएर सेवादिने सजिलोको शूल्कभने महँगो छैन। मर्मत वा जडान गर्दा खर्च हुने समयको आधारमा शूल्क निर्धारण गरिएको रेग्मी बताउँछन्।
प्लम्बिङ गर्दा आधा घण्टाको ३ सय लाग्छ। यदि यो समय बढेर ३ घण्टा पुगेमा एकहजार तथा एक दिन पुरै लागेमा एक हजार ५ सय शूल्कतिर्नुपर्ने छ।
यसबाहेक ठुलै समस्या भएको केस भएमा त्यहीअनुसार अनद स्पट रेट निर्धारण गरी उपभोक्तालाई जानकारी गराएरमात्र काम सुरु गरिने सजिलोले जानकारी दिएको छ।
पेन्टिङमा वर्गफिट अनुसार र ओभरलको पनि एकमुष्ट शुल्क लाग्छ। पेन्टको गुणस्तरअनुसार पनि दररेट निर्धारण हुन्छ।
