आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज सरस्वती पूजाः देशैभरका सरस्वती मन्दिरहरुमा भक्तजनको भीड

  • प्रकाशित मिति : सोमवार, माघ ८, २०७४



  • काठमाडौं, माघ ८ । आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ ।

    ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

    वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले काठमाडौंको वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । आज राष्ट्रपति विद्या भण्डारीबाट बसन्तपुरमा बसन्त श्रवण गर्ने कार्यक्रम छ ।

    यस दिन वसन्तराग पनि गाइन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने जनविश्वास रहेको छ ।

    आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

    काठमाडौंको स्वयम्भूदेखि देशैभरका सरस्वती मन्दिरहरुमा आज विद्यार्थी र दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

    बौद्ध धर्मावलम्बीले भने सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजा गर्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij