प्रकाशित मिति : सोमवार, माघ ८, २०७४

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका ६ बैघारेखोलामा बस दुर्घटना हुँदा मुत्यु भएका चारमध्ये दुईजनाको सनाखत भएको छ । रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको सनाखत भएको हो ।
अरू दुई जना पुरुषको सनाखत भैनसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् जसमध्ये ११ को अवस्था गम्भीर छ ।
रुकुमबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको कालिकामालिका यातायातको बस सोमबार दिउँसो २ः२० मा सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको हो ।
बस सडकबाट डेढ सय मिटर तल बस खसेको छ । बसमा कति जना सवार थिए भन्ने एकीन नभएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरतबहादुर बिकले जानकारी दिए ।
घाइतेहरूको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij