आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिमपातसँगै सुदूर पहाडकोे जनजीवन प्रभावित

  • प्रकाशित मिति : बुधबार, माघ १०, २०७४



  • बैतडी, माघ १० । मौसममा आएको परिवर्तनका कारण बुधबार बिहानै बैतडीसहित प्रदेश नं ७ (सुदूरपश्चिम) का अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

    बैतडीको खोडपे, सतबाँझ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    यस्तै दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङकर लगायतका ठाउँमा हिमपात भएको छ । दार्चुलाका उत्तरी क्षेत्रका सबै स्थानमा हिमपात भएको छ ।

    चिसोबाटै बच्नका लागि दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् ।

    डडेल्धुराको सदमुकाम लगायत भिमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानीय आषिश मल्लले जानकारी दिए ।

    बझाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेख, पीठालेख, दौलीचौर, सुर्मा, काँडा लगायतका क्षेत्रमा पनि हिमपात भएको छ ।

    मंगलबार रातिदेखि पानी पर्न सुरु भए पनि हिमपात भने बुधबार बिहानमात्र भएको हो । लेकाली भेगमा भने हिमपात जारी छ । बाजुराको बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको लक्ष्मीराज पाध्यायले जानकारी दिए । बर्षासँगै हिउँ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका उनले बताए ।

    अछामको पनि उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताइएको छ ।

    हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij