आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१५० फिट लामो सुरुङ खनेर इन्डियन आयल कर्पोरेशनकै पाइपलाइनबाट पेट्रोल चोरी

  • प्रकाशित मिति : बिहिबार, माघ ११, २०७४



  • नयाँ दिल्ली, माघ ११ । भारतको राजधानी नयाँ दिल्लीमा १५० फिट लामो सुरुङ बनाएर इन्डियन आयल कर्पोरेशनको भूमिगत पाइप लाइनबाट पेट्रोल चोरी हुँदै आएको रहस्य खुलेको छ ।

    मंगलबार राति पेट्रोल चोरी गर्ने क्रममा विस्फोट भएपछि मात्र यो रहस्य प्रकाशमा आएको हो ।

    पाँच महिनाअघि द्वारका नर्थको सुरज बिहार क्षेत्रमा खाली जमिन भाडामा लिएर देखावटी रुपमा गाडीको बम्पर मर्मत केन्द्र खोलेका आरोपीहरुले १५० फिट लामो सुरुङ खनेर आयल कर्पोरेसनको भूमिगत सप्लाई लाइनमा प्वाल पारी इन्धन चोरी गर्न सफल भएका हुन् । उनीहरुले हालसम्म कति परिमाणमा इन्धन चोरी गरे भन्नेबारे प्रष्ट हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

    प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ भने अन्य फरार आरोपीहरुको खोजी भइरहेको जनाइएको छ ।

    मंगलबार राति सो क्षेत्रमा शक्तिशाली विस्फोट भएको थियो । आसपासका घरमा समेत कम्पन हुने गरी विस्फोट भएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान थालेपछि सुरुङ खनेर पेट्रोल चोरी हुँदै आएको तथ्य उजागर भएको हो ।

    पक्राउ परेका आरोपी मोहम्मद तनवीरका अनुसार उनीहरुले सो क्षेत्रबाट इन्डियन आयल कर्पोरेशनको पाइपलाइन लगेको पत्ता लगाएर नै खाली जमिन भाडामा लिएका थिए । उक्त जमिनमा एउटा कटेरो बनाएर १० फिट गहिरो खाडल खनिएको थियो । खाडलको १० फिट गहिराईबाट पेट्रोल पाइपलाइनसम्म १५० फिट तेर्सो सुरुङ खनिएको थियो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij