शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

साउन १ गते बाट बक्स अफिस कार्यान्वयनमा आउँदै

  • प्रकाशित मिति : बिहिबार, माघ ११, २०७४



  • नेपाली फिल्म गद्योगमा लामो समयदेखी चर्चामा रहँदै वक्सअफिस अन्तत: लागु हुने भएको छ।

    बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात वर्ष २०७५ को तेस्रो महिनाबाट नेपालमा बक्स अफिस लागू गर्ने निर्णय गरेको हो ।

    वैशाख १ गतेबाट परिक्षण गर्ने र साउन १ गतेबाट राजधानी भित्र र माघ १ गतेबाट राजधानी बाहिर बक्स अफिस लागू गरिने बोर्ड सदस्य महर्जनले जानकारी दिए । बैठकले बक्स अफिस जडान गर्ने कम्पनी  ‘व्रेन डिजिट इट सोलुसन’ लाई आवश्यक पर्ने हार्डवेयरका सामान तथा इन्टरनेट सेवा वर्ष २०७४ चैत मसान्त भित्र जडान गर्न निर्देशन पनि दिएको छ ।

    बक्स अफिस कार्यान्वयन समितीको सदस्यहरुमा प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् ।

    सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेका छन् । तर, सिंगल थिएटरमा यो प्रयोगमा छैन । बक्स अफिस लागू हुँदा देशभरिको कारोबार एकै ठाउँमा आउँछ । बोर्डको निर्णयले कार्यन्वयनको औपचारिक्ता पाएसँगै निर्माताहरूले आफ्नो फिल्मको कमाइ पारदर्शी हुने आशा राखेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij