शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हिमानीद्वारा निर्माणाधीन विद्यालय भवनको निरीक्षण

  • प्रकाशित मिति : शनिबार, माघ १३, २०७४



  • गोरखा, माघ १३ । पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाको पालुङटारस्थित भवानी माध्यमिक विद्यालयमा निर्माण भइरहेको विद्यालय भवनको निरीक्षण गरेकी छन् ।

    जापानस्थित जोडो सु बुद्धिष्ट अर्गनाइजेसनको आर्थिक सहयोगमा हिमानी ट्रष्टले निर्माण गरिरहेको ८ कोठे भवनको छड्के अनुगमनका लागि शाह शनिबार पालुङटार पुगेकी हुन् । सो विद्यालयको भवन निर्माणकार्य ७५ प्रतिशत पूरा भइसकेको छ ।

    हिमानी ट्रष्टले भवानी माध्यमिक विद्यालयमा दुईओटा भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो ।

    एउटा भवन निर्माण सकेर हस्तान्तरण गरेपछि अर्को भवन शिलान्यास गरिने ट्रष्टले जनाएको छ ।

    निरीक्षणकाक्रममा पूर्वयुवराज्ञी शाहले भवानी यहाँ देशकै नमुना विद्यालय भवन निर्माण गर्ने योजना रहेको बताइन् ।

    ट्रष्टको सहयोगमा विद्यालयमा ८/८ कोठे दुईओटा भवन निर्माण हुनेछ ।

    शाहले भवन गुणस्तरीय बनेको छ/छैन भन्नेबारेमा छड्के अनुगमन गरेको ट्रष्टकी सदस्यसचिव श्री मल्लले जानकारी दिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij