शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तातोपानी कुण्डमा नुहाउन पुग्ने बिरामीको चाप, यी रोग निको हुने विश्वास

  • प्रकाशित मिति : सोमवार, माघ १५, २०७४



  • म्याग्दी, माघ १५ । प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा नुहाउन पुग्ने बिरामीको भिड लागेको छ ।

    जाडो सिजन सुरु भएसँगै बिरामीको चाप बढ्ने गरे पनि यो वर्ष गत वर्षको भन्दा दोब्बरले चाप बढेको हो ।

    अघिल्लो हप्ता मात्रै तातोपानी कुण्डमा ६ सयभन्दा बढीले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए ।

    पोखरा पर्यटन बोर्डको १० लाखसहित कुण्डको आम्दानीबाटै ४ करोड रुपैयाँको लागतमा विभिन्न संरचनाहरु निर्माण गरिएको अध्यक्ष शाक्यले बताए ।

    यो कुण्ठमा वार्षिक २० हजार बिरामी आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

    तातोपानीमा डुब्न आउनेबाट १० दिनका लागि २ सय र एक दिनका लागि ५० रुपैयाँ शुल्क लिने गरिएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

    मुहानबाटै गन्धक र बिरे नुनसहित ५७ डिग्री तापक्रमको तातोपानी आउने कुण्ठमा स्नान गरे गानो, गोला, ग्यास्ट्रिक, बाथ, हाडजोर्नी दुख्ने, चोटपटक लागेको, चर्मरोग, प्यारालाईसिस लगायतका रोग निको हुने विश्वास गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij