शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कुवेत गएकी महिलाको साउदीमा मृत्यु !

  • प्रकाशित मिति : सोमवार, माघ १५, २०७४



  • काठमाडौं, माघ १५ । सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा –४ पाखापानीकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ ।

    खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो । उनको शव राजधानी रियादबाट झण्डै हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा राखिएको छ । त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो ।

    वैदेशिक रोजगार विभागले २०७३ मंसिर १५ मा उनलाई कुवेतको केएफसी कम्पनीको क्लिनरमा काम गर्न व्यक्तिगत श्रमस्वीकृति दिएको थियो । उनलाई एजेन्टले क्लिनरको काममा नभई घरेलु कामदारमा पठाएको खत्रीका बाबु धनराम डाँगीले बताए । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij