आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिया आत्महत्या प्रकरणमा सुरजमाथि अदालतद्वारा अभियोग तय

  • प्रकाशित मिति : बुधबार, माघ १७, २०७४



  • मुम्बई अदालतले बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा बलिउड अभिनेता सिजर पञ्चोली विरूद्ध आरोप पत्र तय गरेको छ। न्यायाधिश के डी सिरबाटेले  २७ वर्षे पञ्चोलीलाई भारतीय पेनड कोड ३०६ अन्तरगत आत्महत्याका लागि प्रेरित गरेको मुद्धा तय गरेका हुन्।

    आरोपलाई पञ्चोलीले अस्विकार गर्दै आएका छन्। उक्त प्रकरणमा साक्षीहरूको बयान फेब्रुवरीबाट सुरू हुने उनका वकिल प्रशान्त पाटिलले जनाएका छन्।जिया अमिताभसँग ‘निशब्द’ फिल्मबाट डेब्यू भएपछि चर्चामा आएकी थिइन।

    आत्महत्या गरेको दुई दिन अगाडीसम्म जिया पञ्चोलीको निवासमा बस्दै आइरहेकी थिइन।  आत्महत्याको दिन उनी सुरजको घरबाट आफ्नो निवास फर्किएकी थिइन। सन् २०१३ मा घटेको यस घटनामा सुरजको संलग्नता थियो कि थिएन भन्ने पत्ता लगाउनका लागि उनको पोलिग्राफ परिक्षण हुनुपर्ने माग गरिदै आइएको छ जसलाई सुरजले अस्विकार गर्दै आइरहेको छन्।

    जियाकी आमा राबियालेआफ्नी छोरीको आत्महत्या नभई हत्या भएको भन्दै सो घटनामा सिबिआइ जाँच हुनुपर्ने माग गरेकी थिइन । उनको माग पछी घटनाको जाँच सिबिआइले गर्दै आएको छ। सिबिआइ अनुशन्दानले घटनामा सत्यतथ्य लुकाइएको र जानकारी संशोधन गरिएको बताउँदै आएको छ।

    सिबआइले घटनास्थलबाट प्राप्त जियाको तीन पाना लामो आत्महत्या पत्रमा उनी माथी शारिरिक शोषण, कुटपिटको साथमा भौतिक एवं मानसिक हिंसा भएको उल्लेख गरेकी छन्।

    पत्रमा सुरजको नाम कतै उल्लेख नभएपनि घटनाक्रमले सो काममा सुरज संलग्न देखिएको सिबिआइको ठहर छ। सुरज बलिउड अभिनेता आदित्य पञ्चोली तथा अभिनेत्री जरिना ओहेबका छोरा हुन्। उनलाई सलमान खानले ‘हिरो’ फिल्मबाट बलिउडमा डेब्यू गराएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij