आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

  • प्रकाशित मिति : बुधबार, माघ १७, २०७४



  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ। बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको हो। यो खबर आजको नागरिक दैनिकमा बसन्त खड्काले लेखेका छन्।

    संस्थाले अहिले नगरकोटमा रहेको वेधशालाबाट आकाशीय पिण्डको दृश्यावलोकन गर्नेबाहेक अन्य काम गर्न सकेको छैन। २०४८ सालमा स्थापना भएको यो संस्थासँग अध्ययन गर्ने उपकरणका रुपमा एउटा १६ इन्चको टेलिस्कोप छ। संस्थासँग अन्तरिक्षको अध्ययन गर्ने छुट्टै जनशक्ति छैन।

    खगोल विज्ञान, अन्तरिक्ष विज्ञान र वेधशालाको अध्ययन एवं विज्ञान संग्रहालय निर्माणको लक्ष्यसहित स्थापना भएको संस्थाले हाल नगरकोटमा रहेको वेधशालामार्फत खगोल विज्ञानका विद्यार्थीलाई सय पूर्णांकको शोधलेखन गराउँदै आएको छ। यसबाहेक संस्थाको लक्ष्यअनुसारको उपलब्धि देखिएको छैन। ‘हामीसँग प्रविधिको अभाव छ, यसको परिणाम अध्ययनमा पनि देखिन्छ,’ संग्रहालयका सहकार्यकारी निर्देशक सनतकुमार शर्माले भने।

    खगोल विज्ञान, अन्तरिक्ष विज्ञान र वेधशालाको अध्ययन एवं विज्ञान संग्रहालय निर्माणको लक्ष्यसहित स्थापना भएको संस्थाले हाल नगरकोटमा रहेको वेधशालामार्फत खगोल विज्ञानका विद्यार्थीलाई सय पूर्णांकको शोधलेखन गराउँदै आएको छ। यसबाहेक संस्थाको लक्ष्यअनुसारको उपलब्धि देखिँदैन।

    उनका अनुसार १६ इन्चको टेलिस्कोपमार्फत विद्यार्थीलाई आकाशीय पिण्ड अवलोकन तथा अध्ययन गराइन्छ। ‘हामीसँग एउटा टेलिस्कोपमात्र छ, त्यो पनि बिग्रेमा विद्यार्थीलाई शोधलेखन गराउन नसक्ने अवस्था छ’, उनले भने।

    संस्थाको लक्ष्यमा लेखिएको छ, ‘नेपाललाई अति उत्कृष्ट वैज्ञानिक र प्राविधिक अध्ययन र विकासको परिपे्रक्ष्यबाट योगदान गर्दै अन्तरिक्ष प्रविधिलाई अद्वितीय स्रोतका माध्यमबाट सबै नेपालीको गर्वको स्रोतका रुपमा विकास गर्ने।’ संस्थाले लक्ष्यअनुसार काम गर्न सकिरहेको छ त? संस्थाका सहकार्यकारी निर्देशक शर्मा भन्छन्, ‘त्यसका लागि सुविधासम्पन्न प्रयोगशाला र पर्याप्त स्रोतसाधन एवं जनशक्ति आवश्यक पर्छ, तर हाम्रोमा त्यस्तो सुविधा छैन।’

    स्रोतसाधनबिना लक्ष्य पूरा हुन नसक्ने उनी बताउँछन्। उनी नेपालमा अन्तर्राष्ट्रिय स्तरको अन्तरिक्ष अध्ययनका लागि आवश्यक उपकरण नभएको बताउँछन्। नेपालमा राजनीतिक नेतृत्वले धरातल नै नबुझी ठूला कुरा गर्ने तर व्यावहारिक ज्ञान नहुँदा समस्या उत्पन्न भइरहेको उनको टिप्पणी छ। अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापित यो संस्था पनि राजनीतिक हस्तक्षेपको चपेटामा परेको शर्माले बताए। ‘यस्ता संस्थाको विकासका लागि सही ठाउँमा सही व्यक्ति हुनुपर्छ तर हाम्रोमा त्यस्तो अभ्यास छैन’, शर्माले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij