प्रकाशित मिति : बुधबार, माघ १७, २०७४
गैर आवासीय नेपाली संघ (एनआरएनए) को मिडिया तथा प्रकाशन समिति गठन भएको छ। तीन महिनाअघि काठमाडौँमा सम्पन्न एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनपछि निर्वाचित कार्यसमितिले मिडिया तथा प्रकाशन समितिलाई पूर्णता दिएको हो। समितिको अवधि सन् २०१७ देखि २०१९ को हुने छ ।
समितिको संयोजकमा एनआरएनए अन्तर्राष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे छन । सहसंयोजकमा एशिया प्रशान्त क्षेत्रबाट सेतोपाटी अष्ट्रेलिया संयोजक हेमन्त काफ्ले, अमेरिका क्षेत्रबाट विजय घिमिर, र युरोपबाट चिरन शर्मा चयन भएका छन्। समितिका सदस्यमा अमेरिकाबाट आङ छिरिङ शेर्पा र होम लम्साल सदश्यमा चयन भएका छन् ।
एनआरएनएको स्थापनादेखि यसका गतिविधिलाई नजिकबाट लेख्दै र खबरदारी गर्दै आएका संयोजक काफ्ले हाल अष्ट्रेलियाका लागि सेतोपाटी ग्लोबल संयोजक हुन्।
अन्य क्षेत्रवाट सदस्य चयन हुनेमा डिल्ली ढकाल, बुद्धिसागर घिमिरे, रामचन्द्र गिरी, किसन राई, आनन्द कोइराला, दिलकुमार श्रेष्ठ, मेघराज सापकोटा, नवराज बिके, शुक्र लामा, बसन्त रानाभाट, फणिन्द्र भट्राई, प्रजय शुक्ला, गोकुल लामिछाने छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij