आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकालाई फेरि महान् बनाउँदै छौं : ट्रम्प

  • प्रकाशित मिति : बुधबार, माघ १७, २०७४



  • काठमाडौं, माघ १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतभेदहरु पन्छाएर एकै परिवारजस्तो एकजुट हुन अमेरिकी जनतालाई अपिल गरेका छन् ।

    कार्यालय सम्हालेयता पहिलोपटक अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै उनले अमेरिकालाई फेरि महान् बनाउन ‘ह्वाइट हाउस’ लागिपरेको जिकिर गरे ।

    ‘स्टेट अफ द युनियन’ भनिएको उक्त सम्बोधनमा उनले ‘अमेरिकी सपना बाँच्न थाल्न यति उपयुक्त समय कहिल्यै नभएको’ दाबी पनि गरे ।

    संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा भएको दुवै सदनका सदस्य उपस्थित सम्बोधनमा ट्रम्पले आफ्नो कार्यकालमा भएको कर कटौतीको विषयलाई उपलब्धि भन्दै त्यसले मध्यमवर्गका अमेरिकीलाई राहत दिएको जिकिर गरे ।

    उनले संसद्मा विचाराधीन आप्रवासनसम्बन्धी मुद्दामा रिपब्लिकन र डेमोक्र्याट्ससँग मिलेर काम गर्न चाहेको पनि उल्लेख गरे ।

    पहिलो वर्षको कार्यकालमा राष्ट्रपतिले आफ्नो मन र मस्तिष्क दुवैले शासन गर्नुपर्दो रहेछ भन्ने पनि आफूले सिकेको उनले बताए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij