आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लेकसाइडमा खुल्यो गजल रेष्टुरेन्ट ओपन हाउस

  • प्रकाशित मिति : शुक्रबार, माघ १९, २०७४



  • लेकसाइडको तालबाराहीचोकमा ओपन हाउस रेस्ट्रो एन्ड लाउन्ज बार खुलेको छ ।

    यो विगत ३० वर्षदेखि महेन्द्रपुलमा चलिरहेको गजल रेष्टुरेन्ट ओपन हाउसको शाखा हो । अहिले सफ्ट ओपनिङमा रहेको यस रेष्टुरेन्टको फागुन १ गते ग्रान्ड ओपनिङ हुँदैछ ।

    पर्यटकीय केन्द्र लेकसाइड आउने नेपाली र भारतीय पर्यटकलाई नेपाली तथा हिन्दी सुगम गीत गजलको स्वादसँगै खानाहरु पस्कने उद्देश्यले शाखा विस्तार गरेको रेष्टुरेन्टका सञ्चालक सुरेश गुरुङले बताए । अर्का सञ्चालक गणेशबहादुर थापाका अनुसार रेस्टुरेन्टमा हरेक दिन साँझ ७ बजेदेखि ११ बजेसम्म ओपन हाउस ब्यान्डले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ ।

    रेस्ट्रोमा करिब २ करोड रुपैयाँ लगानी भएको छ भने ४० जनाले रोजगारी पाएका छन् । रेस्ट्रोमा बिहान ८ बजेदेखि राति ११ बजेसम्म सेवा उपलब्ध हुने सञ्चालकद्वयले बताएका छन् । ‘हाम्रो विशेषता भनेको सुमधुर गीतगजलसँगै सी फुडको मज्जा लिन पाउनु हो,’ थापाले भने, ‘विशुद्ध पारिवारिक वातावरणामा हामी सेवा उपलब्ध गराउँछौं ।’ सीफुडमा रेस्टुरेन्टले प्राउन, अक्टोपस, स्कुइड, साल्मोन, टुना, बास्सा, लगायतका परिकार पस्कने उनले सुनाए ।

    उनले ग्राहकका अनुरोध अनुसार गीत गजल प्रस्तुत हुने जानकारी पनि दिए । पर्यटकीय लेकसाइडमा नेपाली पर्यटकलाई विशेष लक्षित गरी खोलिएको ओपन हाउस नै पहिलो रेष्टुरेन्ट हो ।

    १ फागुनमा ग्रान्ड ओपनिङ भएपछि १२ फागुनसम्म प्रत्येक दिन अतिथि कलाकारका साथै रेष्टुरेन्टको व्याण्ड “द ओपन हाउस व्याण्ड”ले रेस्ट्रोमा प्रस्तुति दिने कार्यक्रम छ । त्यस अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्यान्ड, लक्ष्य ब्यान्ड, गायक प्रयत्न श्रेष्ठ काठमाडौंकी गायिका सोनिया बराइली लगायतले सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा प्रसिद्ध उद्घोषक ओशिन सिटौला र निशा पन्थीले उद्घोषण गर्नेछन् ।

    नेपाली, इन्डियन, चाइनिज, इटालियन तथा कन्टिनेन्टल खानाका परिकारका साथमा पाहुनाको रोजाइ अनुसार खाजा तथा खानाको सुविधा रहेको सञ्चालक गुरुङले जानकारी दिए । ‘पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध हुन्छ,’ उनले भने, ‘शत प्रतिशत हाइजेनिक तथा स्वादिष्ट खाना तथा खाजा हामी पाहुनालाई खुवाउँछौं ।’

    रेष्टुरेन्टमा अहिले १ सय २० जनाको क्षमता छ । केही समयपछि ३ सय जना क्षमताको रुफटप गार्डेन विस्तार गरिने सञ्चालकहरुले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij