शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

महोत्तरीमा ट्याक्टरको ठक्करबाट एकको मुत्यु

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • महोत्तरी जिल्लाको बलवा नगरपालिका – ७ बनौटामा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

    ठक्करबाट बलवा नगरपालिका– ७ बनौटाका मोहिलाल यादवका १४ वर्षीय छोरा रञ्जीतकुमार यादव रहेको जिल्ला प्रहरी महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिएका छन् ।

    गए राति बनौटाबाट टिकुलियातर्फ जाँदै गरेको ज १त ८४३७ नं को ट्र्याक्टरले पैदलयात्री यादवलाई उनको घर नजिकै ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

    उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकोमा उनलाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिएको थियो । उपचारका क्रममा शनिबार बिहान सोही अस्पतालमा यादबको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij