प्रकाशित मिति : शनिबार, माघ २०, २०७४
कमल खड्का । विद्युत सेवा अनियमित बन्दा रोल्पाका सर्वसाधारण मारमा परेका छन । झिमरुक जलविद्युत आयोजनाबाट वितरण गरिएको विद्युत प्रसारणमा हुने गरेको अघोषित लोडसेडिङका कारण सर्वसाधारणलाई समस्या भएको हो ।
वेला वेलामा झ्याप झ्याप वत्ती जाने भएपछि उद्योग कलकारखाना, सन्चार माध्यम लगाएत सर्वसाधारणलाई समस्या भएको हो । वेला वेला जाने विद्युतका कारण पढ्ने विद्यार्थी, व्यापार व्यवसाय, पत्रपत्रिका तथा रेडियो सन्चालनमा समस्या आएको छ ।
ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाले लागुपदार्थ नियन्त्रणका लागी कार्ययोजना तय गरेको छ । प्रहरीले यस क्षेत्रमा लागु ओषधको खेती र उत्पादनमा नियन्त्रण गर्ने, लागु औषध ओसारपसार, संचय र भण्डारण तथा खरिद विक्रिमा नियन्त्रण गर्ने, लागु औषध दुव्र्यसन निजयन्त्रण लगाएतका योजना अघि सारेको हो । यसैगरी विद्यालय तथा क्याम्पसमा पुगेर सचेतना कार्यक्रम गर्ने, सरोकारवाला निकायवीचको सहकार्यमा जोड दिने जानकारी दिएको छ ।
साथै, उल्लेखित योजनाका लागी सात सदस्य रहेको एक समिति पनि गठन गरिएको छ । सदस्यहरुमा प्रहरी नायव निरिक्षक खड्ग वहनदुर डाँगी, प्रहरी सहायक निरिक्षक शम्भु धिताल, समाजसेवी भुपाल बस्नेत, गोविन्द पुन, रेडियो होलेरीका स्टेशन म्यानेजर केशवराज चन्द, रेडियो सुनछहरीका स्टेशन म्यानेजर सन्तोष शर्मा, भिमकुमारी दशौदी लगाएत रहनुभएको छ ।
समितिले दुव्र्यैसन न्युनिकरणका लागी काम गर्ने बताईएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij