शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बाँकेको अगैया नजिक बस दुर्घटना हुँदा १३ यात्रु घाइते

  • प्रकाशित मिति : आइतवार, माघ २१, २०७४



  • मधु पौडेल , बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित बैजापुरबाट नेपालगन्ज आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

    घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट बिहान नेपालगन्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

    दुर्घटनाका घाइतेलाई उद्वार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए ।

    बस सडकमा नै पल्टिएका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको थियो । उक्त दुर्घटनामा घाइते भएकाहरुको उपचारका कुनै पनी कमी हुन नदिन बाँके क्षेत्र नम्बर १ क का प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद कृष्णाले घाइतेहरुको उपचारमा गम्भिर भएर लाग्न सम्बन्धित निकायलाई आग्रह गरिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij