शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘फ्रि भिसा र फ्रि टिकट’ समीक्षा गर्न सुझाव

  • प्रकाशित मिति : सोमवार, माघ २२, २०७४



  • काठमाडौं, माघ २२ । संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि फिलिप जोन्जालेज माराल्स्ले वैदेशिक रोजगारीमा जाने नागरिकको अधिकार रक्षाको सन्दर्भमा नेपालले प्रगति गरेको बताएका छन् ।

    नेपाल सरकारको निमन्त्रणमा आप्रवासीको अध्ययन गर्न आएका माराल्स्ले सातओटा देशसँग नेपालले गरेको ‘फ्रि भिसा र फ्रि टिकट’ सम्झौतालाई समीक्षा गर्न पनि सुझाव दिएका छन् ।

    सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीसम्बन्धी कानुनको रक्षा र लागू गर्न आवश्यक रहेको उल्लेख गर्दै माराल्स्ले यसको कार्यान्वयन र अनुगमनको चुनौती कायमै रहेको बताए ।

    अध्ययनकाक्रममा उनले अनियमित आप्रवासन, महिला आप्रवासन कामदारको अवस्थालाई समयमै सम्बोधन गर्नु आवश्यक रहेको जनाएका छन् ।

    वैदेशिक रोजगारीमा जाने महिलाहरुका लागि सरकारले पनि विशेष सुरक्षा दिन आवश्यक रहेको उनले जनाए ।

    यस्तै, श्रम सम्झौताकाक्रममा कामको प्रकृति, ज्याला र श्रमको अवस्था स्पस्ट हुनुपर्ने उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij