आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सातै प्रदेशमा फोरजी एलटिइ सेवा : टेलिकम

  • प्रकाशित मिति : मङ्लबार, माघ २३, २०७४



  • काठमाडौं, माघ २३ । नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर र डाटा सेवा विस्तार एवं सातै प्रदेशमा जीएसएम सेवातर्फ फोरजी एलटिइ कार्य अघि बढाएको छ ।

    टेलिकमको १४औं वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सेवा विस्तारबारे जानकारी गराएकी हुन् ।

    सातै प्रदेशमा फोरजी एलटिइ सेवा आफ्नै आर्थिक स्रोत परिचालन गर्नेगरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी कार्य अघि बढाइसकेको टेलिकमले जनाएको छ ।

    ग्रामीण दूरसञ्चार विकास कोषको लगानी रहनेगरी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार मध्यपहाडी लोकमार्गको प्रदेश नम्बर–१, २ र ३ खन्डमा अप्टिकल फाइबर र डाटा सेवा विस्तारको कार्य अघि बढाइरहेको प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् ।

    दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार डोल्पा, मुगु, बाजुरा, दोलखा, बाग्लुङ, धादिङ र सिन्धुपाल्चोकमा पनि मोबाइल सेवा सन्चालनमा आएको कम्पनीले जनाएको छ ।

    वार्षिकोत्सवमा प्रिपेड सेवाग्राहीका लागि नमस्ते क्रेडिट सेवाको ‘सफ्ट लन्च’ पनि गरिएको छ ।

    यो सेवाबाट सेवाग्राहीले कुरा गर्दागर्दै व्यालेन्स सकिएपनि बिनाब्याज निरन्तर कल गर्नसकिने सुविधा रहेको जनाइएको छ । यो सेवा भने अगामी महिना देखि लागू हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij