आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सडक दुर्घटनामा घाइते

  • प्रकाशित मिति : बुधबार, माघ २४, २०७४



  • नयाँ दिल्ली, माघ २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन एक दुर्घटनामा घाइते भएकी छन् ।

    दुर्घटनामा एकजनाको मृत्यु भएको बताइएको छ । तर भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदाबेद भने सामान्य घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

    राजस्थानको चित्तौडगढमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार मोटर दुर्घटना भएको बताइएको छ ।

    जसोदाबेन छुट्टै बस्दै आएकी थिइन् । उनी माइतीको संरक्षणमा बस्दै आएकी हुन् ।

    विवाहलगत्तै मोदी घरबार त्यागेर हिँडेपछि जसोदाबेन एकल महिलाका रुपमा बस्दै आएकी छन् । मोदी राजनीतिक जीवनमा प्रवेश गरेपछि पारिवारिक जीवनबाट टाढा रहँदै आएका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij